Kathmandu Press

गठबन्धनकै दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखायो : ओली

काठमाडौं, फागुन ९ एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाएको टिप्पणी गरेको छ।आज (सोमबार)...
गठबन्धनकै दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखायो : ओली

काठमाडौं, फागुन ९ : एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन दलले कार्यकर्तालाई सडकमा ढुंगा हान्न लगाएर दोहोरो चरित्र देखाएको टिप्पणी गरेको छ।

आज (सोमबार) काठमाडौं दहचोकस्थित कालु पाँडेको समाधिस्थलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सरकारमा पनि आफै रहने र सडकमा पनि ढुंगा हान्न लगाएर गठबन्धनले दोहोरो चरित्र देखाएको टिप्पणी गरेका हुन्।

ओलीले आफूहरूले संघर्ष गरेर ल्याएको प्रजातन्त्रमा अहिले सत्तारुढ गठबन्धनले सडक भत्काएर माथि जान खोजेको आरोप लगाए।

बानेश्वरमा भएको घटनाबारे बुझ्न गृहमन्त्रीलाई समेत फोन गरेर जानकारी लिएको समेत उनले बताए। प्रहरीलाई समेत सरकारले प्रदर्शन रोक्ने अधिकार नदिएको ओलीले बताए।

त्यस्तै उनले इतिहासको गौरवलाई मास्न नदिने र मुलुकको सार्वभौमसत्ताको रक्षा गर्ने स्पष्ट पार्नुभयो।

कार्यक्रममा बरिष्ठ साहित्यकार भूवन हरि सिग्देल, उत्तम बहादुर राउत, केदार पनेरु, डा सुनिता थापा, कविराज गिरि लगाएत १३ जनाले पृथ्वीनारायण, काजी कालु पाँडेलगाएतसँग सम्बन्धित शीर्षकमा कविता वाचन गरेका थिए।

प्रकाशित मिति: १७:५६ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्