एमसिसी केकसरी संशोधन गर्न सकिन्छ, छलफल गर्नु आवश्यक : नेपाल
काठमाडाैं, फागुन ९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने बताएका छन्।आज (सोमबार) सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र...
काठमाडाैं, फागुन ९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने बताएका छन्।
आज (सोमबार) सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा उनले त्यस्तो बताएका हुने।
भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता नेपालले एमसिसीलाई संशोधन गरेर मात्र अघि बढाउनुपर्ने सुझाव आफूले दिएको उनले बताए।
यथास्थितिमा पारित हुन नसक्ने भएपछि केकसरी संशोधन गर्न सकिन्छ भनेर छलफल गर्नुपर्ने आवश्यकता उनले औंल्याए।
कांग्रेस नेता रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन सवै मिलेर अघि बढ्नुपर्ने आफ्नो जोड रहेको बताए। उनले एमसीसीलाई सफल बनाउन छलफल चलाएको जानकारी दिए।
एमसीसी अनुमोदनका लागि समर्थन जुटाउन पौडेलले एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत दलका शीर्ष नेतासँग भेटघाट गरेका हुन्।
प्रकाशित मिति: १७:३९ बजे, सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











