Kathmandu Press

एमसिसीको विपक्षमा मतदान गर्ने एकिकृत समाजवादीको निर्णय

काठमाडौं, फागुन ९ : नेकपा (एकिकृत समाजवादी)ले संसदमा टेबल भएको एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। सोमबार बसेको सचिवालय बैठकले एमसिसी निर्णयार्थ प्रस्तुत भएको...
एमसिसीको विपक्षमा मतदान गर्ने एकिकृत समाजवादीको निर्णय

काठमाडौं, फागुन ९ : नेकपा (एकिकृत समाजवादी)ले संसदमा टेबल भएको एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। 

सोमबार बसेको सचिवालय बैठकले एमसिसी निर्णयार्थ प्रस्तुत भएको अवस्थामा विपक्षमा मतदान गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता जगन्नथा खतिवडाले जानकारी दिएका छन्। 

उनले समयअभावका कारण आजको बैठक स्थगित गरिएको र भोलि पुनः बैठक बस्ने जानकारी दिएका छन्। एमसिसीका विषयमा पार्टीभित्र कुनैपनि अन्तरविरोध नभएको खतिवडाले बताए। 

अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनालबीच कुनैपनि अन्तरविरोध नभएको बताउँदै एमसिसीको विषयले पार्टी एकतामा संकट पैदान नहुनेसमेत जिकिर गरेका छन्। 

उनले सरकारमा बस्नु राष्ट्रिय आवश्यकता रहेका कारण सरकार र एमसिसीलाई एकै ठाउँमा राखेर हेर्न नमिल्ने बताए। एमसिसीका लागि गठबन्धन नभएको बताउँदै खतिवडाले तत्काल सरकारबाट बाहिरिनु पर्ने अवस्था नरहेको बताएका छन्। 

 

प्रकाशित मिति: १६:५८ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्