Kathmandu Press

बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई पाँच वर्ष कैद र ६० लाख जरिवाना 

बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई पाँच वर्ष कैद र ६० लाख जरिवाना 

काठमाडौं, फागुन ९ : भारत बिहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई झारखण्डमा सीबीआईको विशेष अदालतले चारा घोटालाको पाँचौँ मुद्दामा पाँच वर्षको कैद सजाय सुनाएको छ । त्यस्तै ६० लाख भारतीय रुपैयाँ जरिवाना पनि तोकिएको  बीबीसीले जनाएकाे छ। 

यस सम्बन्धमा लालु यादवका वकिलले हाई कोर्टमा सजायविरुद्ध अपिल गर्ने बताएका छन् । झारखण्डसँग जोडिएको ‘चारा तथा पशुपालन घोटाला’को यो पाँचौँ मुद्दा थियो । १५ फेब्रुअरीमा अदालतले लाल यादवलाई यस मुद्दामा दोषी ठहर गरेको थियो ।

Hardik ivf

सन् २०१७ मा चारा तथा पशुपालन घोटालामा अन्य मुद्दामा सजाय मिलेपछि लालु यादव केही महिना जेलमा रही जमानतमा छुटेका थिए । ‘टाइम्स अफ इन्डिया’सँग लालु यादवका वकिल प्रभात कुमारले भनेका छन्, ‘लालु यादव ३० अगस्ट २०१८ मा राँचीको राजेन्द्र इन्स्टिच्युट अफ मेडिकल साइन्स अर्थात् रिम्समा सिफ्ट भई १३ फेब्रुअरी २०२१ सम्म रहेका थिए । पछि उनलाई दिल्लीमा सिफ्ट गरिएको थियो ।’ 

९० को दशकका चर्चित करोडौँ रुपैयाँको पशुपालन घोटालामा सिबिआईले कुल ६६ मुद्दा दर्ता गरेका थियो । यीमध्ये ६ मुद्दामा बिहारका तत्कालीन मुख्यमन्त्री लालुप्रसाद यादवलाई पनि अभियुक्त बनाइएको थियो । बिहार विभाजनपछि  यीमध्ये पाँच मुद्दा झारखण्डमा ट्रान्सफर गरिएको थियो । यी पाँच मुद्दामध्ये चारमा लालु यादव पहिले नै दोषी करार भएका थिए । 
 

प्रकाशित मिति: १५:३६ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्