Kathmandu Press

फागुन १२ बाट एमसिसीबारे संसदमा छलफल सुरू हुन्छ : प्रवक्ता महत

काठमाडाैं, फागुन ९ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले फागुन १२ गतेबाट एमसिसी सम्झौताका विषयमा संसदमा छलफलपछि अनुमोदन हुने बताएका छन्।आज (सोमबार) बत्तीसपुतलीस्थित अनुपम...
फागुन १२ बाट एमसिसीबारे संसदमा छलफल सुरू हुन्छ : प्रवक्ता महत

काठमाडाैं, फागुन ९ : नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले फागुन १२ गतेबाट एमसिसी सम्झौताका विषयमा संसदमा छलफल सुरू  हुने बताएका छन्।

आज (सोमबार) बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा पत्रकार सम्मेलन गरेर उनले एमसिसीबारे कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्दै उनले भने, ‘पाँच दलीय गठबन्धनको बैठकले सहमति जनाएपछि संसदमा टेबल भएको हो। फागुन १२ गतेबाट त्यसबारे छलफल अगाडि बढाउने सहमति भएको छ।’

महतले राजनीतिक स्वार्थले गर्दा एमसिसीको गलत प्रचार भइरहेको बताए। उनले संसदमा छलफल हुन थालेपछि एमसिसीका बारेका रचिएका झुटको पर्दाफास हुने र संसदबाट पास हुने विश्वास व्यक्त गरे। उनले कांग्रेसले सत्तामा हुँदा एउटा र सत्ताबाहिर हुँदै अर्को कुरा नबोल्ने उनले स्पष्ट पारे।

सरकारले आइतबार एमसीसी सम्झौतालाई संसदमा टेबल गराएको हो। उनले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको विश्वसनीयतालाई लिएर समस्या देखिन थालेपछि एमसिसीलाई अगाडि बढाइएको उल्लेख गरे। 

एमसिसी सम्झौता  प्रक्रिया माओवादी केन्द्रको नेतृत्वमा सरकार सरकार रहेके  बेला अघि बढाइएको जानकारी दिँदै उनले भने, 'एमसिसी  सम्झौताका बेला बाबुराम भट्टराई प्रधानमन्त्री र नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुनुहुन्थ्यो। त्यसपछि सबै सरकार यस प्रक्रियामा संलग्न भए।’

‘झलनाथजी, ओलीजी, सुशील कोइराला, प्रचण्ड, हाम्रो सभापति देउवाजी पनि सहभागी हुनुभयो। भीम रावलजी पनि सक्रिय सहभागी हुनुहुन्छ। ओलीले नै सदनमा पारित गराउनुपर्ने कुरा राख्नुभएको हो,’ उनले भने, ‘मन्त्रिपरिषदबाट पारित गरेर अनुमोदन गरियोस् भनेर संसदमा दर्ता गराउनुभयो। उनले विरोधमा उत्रिने कुनै नेता, दल एमसिसीबाट अछुतो नरहेको उनले जिकिर गरे। 

उनले भने, ‘एमसिसी सम्झौताबारे निर्णय नगर्दा अन्तर्राष्ट्रिय विश्वसनीयतामा समस्यामा आएपछि त्यसलाई अगाडि बढाएका हौं।’

अब एमसिसी सम्झौतामाथि संसदमा छलफल अगाडि बढ्ने र निर्णयार्थ प्रस्तुत हुने भएकाले सबै दलले सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: १५:२५ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्