Kathmandu Press

विवाहमा नाचगानका क्रममा भएको कुटपिटमा एकजनाकाे मृत्यु

कैलाली, फागुन ९ : कैलाली भजनी नगरपालिका-९ मा कुटपिट हुँदा आइतबार राति एकजनाको ज्यान गएको छ।विवाह कार्यक्रममा नाचगान गर्ने क्रममा भएको झगडामा कुटपिट हुँदा...
विवाहमा नाचगानका क्रममा भएको कुटपिटमा एकजनाकाे मृत्यु

कैलाली, फागुन ९ : कैलाली भजनी नगरपालिका-९ मा कुटपिट हुँदा आइतबार राति एकजनाको ज्यान गएको छ।

विवाह कार्यक्रममा नाचगान गर्ने क्रममा भएको झगडामा कुटपिट हुँदा स्थानीय २५ वर्षीय वसन्त चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।सामान्य विवादले कुटपिटको रूप लिँदा गम्भीर वसन्त कुटिएका थिए।

Hardik ivf

घाइते भएपछि उनलाई कैलालीकै घोडाघोडी अस्पताल हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारका लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। 

कुटपिटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: १५:०१ बजे, सोमबार, फागुन ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्