Kathmandu Press

घाइतेहरुको उपचार व्यवस्था गर्न जनमोर्चाको माग

काठमाडौं, फागुन ९ : सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहायता परियोजना, एमसिसीकाविरुद्धमा आइतबार काठमाडौँमा गरिएको नागरिक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको...
घाइतेहरुको उपचार व्यवस्था गर्न जनमोर्चाको माग

काठमाडौं, फागुन ९ : सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहायता परियोजना, एमसिसीकाविरुद्धमा आइतबार काठमाडौँमा गरिएको नागरिक प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै विरोध गरेका छन्। 

अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी आन्दोलनमा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको व्यवस्थासमेत सरकारले गर्नुपर्नेमा जोड दिएका छन्। 

सो विज्ञप्तिमा उनले आफ्नोे पार्टीले सुरुदेखि नै एमसिसी सम्झौताको विरोध गर्दै आएको पनि स्पष्ट गरेका छन्। 

प्रकाशित मिति: १४:४० बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्