Kathmandu Press

अमित अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति 

काठमाडौं, फागुन ९ : ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। चेक बाउन्स मुद्दामा शनिबार पक्राउ...
अमित अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति 

काठमाडौं, फागुन ९ : ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाललाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। 

चेक बाउन्स मुद्दामा शनिबार पक्राउ परेका अग्रवाललाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंंका प्रमुख एएसपी सुदीप गिरीले जानकारी दिएका छन्। 

काठमाडौं उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने अग्रवालविरुद्ध ६ महिना अगाडि चेक बाउन्सको जाहेरी परेको थियो। अग्रवालले दिएको ५० लाखको चेक बाउन्स भएको भन्दै एक व्यक्तिले प्रहरीमा उजुरी दिएका थिए। उजुरीका आधारमा पक्राउ परेका अग्रवालविरुद्ध थप अनुसन्धान भइरहेको एसएसपी गिरीले जानकारी दिए। 

अग्रवाल विभिन्न बैंकहरुबाट ऋण लिएर सम्पर्कविहीन भएका थिए। करोडौं ऋण लिएर सम्पर्कविहीन भएपछि विभिन्न बैंकहरुले ग्रिनलाइन सेन्टरमा ताला लगाएका छन्। 

प्रहरीका अनुसार अग्रवालले  इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, मेघा बैंक, ग्लोबल आइएमइ बैंक लगायत विभिन्न बैंकहरुबाट घरजग्गा लगायतका सम्पत्ती धितो राखेर करोडौं ऋण लिएका थिए। 

ऋण लिएर सपरिवार भारत पुगेका अग्रवाल माघ २७ गते काठमाडौं फर्किएका थिए। 
 

प्रकाशित मिति: १४:२३ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्