एमालेका विभाग प्रमुखहरुको बैठक सम्पन्न, आफ्नो क्षेत्रका काम अगाडि बढाउन निर्देशन
काठमाडौं, फागुन ९ : नेकपा एमालेका केन्द्रीय विभाग प्रमुखहरुको बैठक सम्पन्न भएको छ। सोमबार सम्पन्न बैठकमा ३३ विभाग मध्य २२ विभागका प्रमुखहरुको उपस्थिती रहेको एमाले...
काठमाडौं, फागुन ९ : नेकपा एमालेका केन्द्रीय विभाग प्रमुखहरुको बैठक सम्पन्न भएको छ।
सोमबार सम्पन्न बैठकमा ३३ विभाग मध्य २२ विभागका प्रमुखहरुको उपस्थिती रहेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन्।
बैठकलाई सम्बोधन गर्दै महासचिव कमरेड शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझावहरू दिन र आ–आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिएका छन्।
बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका प्रमुखहरूले पार्टी कामका सन्दर्भमा धारणा राखेको छन्।
बैठकमा विभागहरूलाई छिट्टै पूर्णता दिने, कार्ययोजना बनाउने, आफ्नो क्षेत्रको काम अघि बढाउने र समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय भएको छ ।
प्रकाशित मिति: १४:०२ बजे, सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











