Kathmandu Press

बेलायती महारानी एलिजाबेथलाई कोराेना सङ्क्रमण

बेलायती महारानी एलिजाबेथलाई कोराेना सङ्क्रमण

लन्डन, फागुन ९ : बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड-१९ सङ्क्रमित हुनुभएको छ। तर उहाँमा सङ्क्रमणको लक्षण भने 'हल्का' छ।

अहिले उहाँ आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहनुभएको छ। महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिन पछि उनी सङ्क्रमित हुनुभएको खबर बाहिरिएको हो।

बकिङ्घम दरबारले विज्ञप्तिमार्फत उहाँ सङ्क्रमित हुनुभएको पुष्टि गरेको छ। उनले हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहेको बताइएको छ। उनले कोभिडविरुद्धको खोप भने लगाइसकेकी छन्।

प्रकाशित मिति: १३:५८ बजे, सोमबार, फागुन ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्