Kathmandu Press

भारतमा १६ हजार कोरोनाका नयाँ सङ्क्रमित

नयाँ दिल्ली, फागुन ९ : भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले सोमबार बिहान जानकारी दिएका...
भारतमा १६ हजार कोरोनाका नयाँ सङ्क्रमित

नयाँ दिल्ली, फागुन ९ : भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ५१ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले सोमबार बिहान जानकारी दिएका छन्।

यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २८ लाख ३८ हजार ५२४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ। सोही अवधिमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या भने ३७ हजार ९०१ रहेको छ।

Hardik ivf

एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएकाको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ।

भारतमा कोरोनाका चार करोड २१ लाख २४ हजार ९८४ जना सङ्क्रमण मुक्त भएका छन्। अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय सङ्क्रमितको सङ्ख्या दुई लाख २ हजार १३१ रहेको छ। पछिल्लो २४ घण्टामा मात्र २२ हजार ५६ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ।

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा २०६ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन्। यससँगै भारतमा कोरोना सङ्क्रमणको कारण हालसम्म पाँच लाख १२ हजार १०९ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १३:५४ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्