Kathmandu Press

इरानको लडाकु विमान दुर्घटना, तीनजनाको मृत्यु

तेहरान, फागुन ९ : एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीनजनाको...
इरानको लडाकु विमान दुर्घटना, तीनजनाको मृत्यु

तेहरान, फागुन ९ : एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीनजनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ।

स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ। यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाइएको छ।

प्रकाशित मिति: १३:५१ बजे, सोमबार, फागुन ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्