‘अमेरिका र रूसका राष्ट्रपति बाइडेन र पुटिन शिखर सम्मेलन गर्न सहमत’
पेरिस, फागुन ९ : अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले मस्कोले युक्रेनमाथि आक्रमण नगरेसम्म शिखर सम्मेलन गर्न सैद्धान्तिक रूपमा...
पेरिस, फागुन ९ : अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनले मस्कोले युक्रेनमाथि आक्रमण नगरेसम्म शिखर सम्मेलन गर्न सैद्धान्तिक रूपमा स्वीकार गरेको फ्रान्सेली राष्ट्रपतिले सोमबार घोषणा गरेका छन्।
युक्रेनको सिमानामा रुसी सेनाको ठूलो जमघटपछि पश्चिमी शक्तिहरूले युरोपेली युद्ध रोक्न अन्तिम प्रयास गरेका छन्। फ्रान्सका राष्ट्रपतिले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेको विज्ञप्तिमा जनाइएको छ।
उनले राष्ट्रपति बाइडेन र राष्ट्रपति पुटिनबीच शिखर सम्मेलन गर्ने र त्यसपछि युरोपमा सुरक्षा र रणनीतिक स्थिरताबारे छलफल गर्न सम्बन्धित सरोकारवालाहरूसँग प्रस्ताव राखेको जनाइएको छ।
राष्ट्रपति बाइडेन र पुटिन दुवैले यस्तो शिखर सम्मेलनको सिद्धान्तलाई स्वीकार गर्नुभएको दाबी गरिएको छ।
बिहीबार २४ फेब्रुअरीमा उनीहरूको बैठकमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन र मन्त्री लाभरोभले छलफलको विषयवस्तु तयार गर्नुपर्नेछ।
रुसले युक्रेनमा आक्रमण नगरेको अवस्थामा मात्रै यो गर्न सम्भव हुने बताइएको छ। साथै फार्न्सेली राष्ट्रपतिले यी छलफलहरूको विषयवस्तु तयार गर्न सबै सरोकारवालासँग मिलेर काम गर्नुहुने जनाइएको छ।












