Kathmandu Press

ब्राजिलमा भारी वर्षा जारी, बाढीको प्रकोप कायमै

साओ पाओलो, फागुन ९ : ब्राजिलको पर्यटकीय सहर पेट्रोपोलिस र राजधानी सहर रहेको रियो डि जेनेरियो राज्यमा भारी वर्षा जारी नै रहेको बताइएको...
ब्राजिलमा भारी वर्षा जारी, बाढीको प्रकोप कायमै

साओ पाओलो, फागुन ९ : ब्राजिलको पर्यटकीय सहर पेट्रोपोलिस र राजधानी सहर रहेको रियो डि जेनेरियो राज्यमा भारी वर्षा जारी नै रहेको बताइएको छ।

छैठौँ दिन पनि यहाँ बाढी कायमै रहेको यहाँका मौसम सम्बन्धी अधिकारीहरुले जनाएका छन्। ती अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ वर्षा जारी रहेकाले बाढीको खतरा कायमै रहेको छ।

Hardik ivf

यहाँ छ दिनदेखि जारी रहेको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या सोमबारसम्म १५२ पुगेको बताइएको छ। यी दुई सहरका स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार व्यापक वर्षाका कारण यहाँका सडक, विजुली तथा अन्य आधारभूत पूर्वाधारहरु पनि भत्किएका छन्।

आइतबार छैठौँ दिन पनिपनि वर्षा जारी रहेको र यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीहरूले जानकारी दिएका छन्। बाढीमा परेर कम्तीमा पनि १६५ जना हराइरहेका बताइएको छ। पहिरो गएको क्षेत्रमा ५०० भन्दा बढी अग्निनियन्त्रकहरू काम गरिरहेका र ४० वटा स्निफर कुकुरहरूले बेपत्ताको खोजी गरिरहेका थिए।

रियो डि जेनेरियो राज्यका गभर्नर क्लाउडियो क्यास्ट्रोका अनुसार गत मङ्गलबार जारी वर्षा सन् १९३२ पछिको सबैभन्दा खराब थियो।त्यसैगरी बाढी तथा डुबानका कारण दर्जनौँ घर क्षतिग्रस्त भएका र हजारौँलाई विद्यालयहरूमा आश्रय दिइएको बताइएको छ। विशेषज्ञहरूको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढाइरहेको छ।

प्रकाशित मिति: १२:५९ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्