Kathmandu Press

मन्त्री आलेको आग्रहमा ज्येष्ठ नागरिकका लागि कम्बल प्रदान

काठमाडौं, फागुन ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको आग्रहमा ताइवानमा मुख्य कार्यालय रहेको चुजी फाउण्डेशनले सुदूरपश्चिम प्रदेशको डोटीका दुर्गम क्षेत्रका ज्येष्ठ...
मन्त्री आलेको आग्रहमा ज्येष्ठ नागरिकका लागि कम्बल प्रदान

काठमाडौं, फागुन ९ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको आग्रहमा ताइवानमा मुख्य कार्यालय रहेको चुजी फाउण्डेशनले सुदूरपश्चिम प्रदेशको डोटीका दुर्गम क्षेत्रका ज्येष्ठ नागरिक र एकल महिलाका लागि तीन हजार थान कम्बल प्रदान गरेको छ । 

उनले आफ्ना जिल्लाका विपन्न वर्गका ज्येष्ठ नागरिक तथा एकल महिलाका लागि कम्बल प्रदान गर्न आग्रह गरेपछि सो संस्थाका नेपालका राष्ट्रिय संयोजक पियारत्न तुलाधरले कम्बल तथा १० हजार मास्क र सेनिटाजर हस्तान्तरण गरेका मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए। 

फाउण्डेशनका तर्फबाट नेपालका लक्षित वर्गलाई २० हजार थान कम्बल वितरण गर्ने क्रममा तीन हजार थान डोटीमा तथा बाँकी १७ हजार थान तराईका विभिन्न जिल्लामा वितरण गरिएको उक्त संस्थाले जनाएको छ । डोटीका जनताका लागि प्राप्त न्यानो कम्बल तथा स्वास्थ्य सामग्री तत्कालै जिल्लामा पठाइने मन्त्री आलेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १२:५१ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्