Kathmandu Press

इयुद्वारा सुडानलाई ४ करोड युरो बराबरको मानवीय सहायता विनियोजन

खार्तुम, फागुन ९ युरोपेली आयोगले सन् २०२२ मा पूर्वी र दक्षिणी अफ्रिकालाई मानवीय सहयोगको रूपमा सुडानलाई ४ करोड युरो मानवीय सहायता विनियोजन गरेको,...
इयुद्वारा सुडानलाई ४ करोड युरो बराबरको मानवीय सहायता विनियोजन

खार्तुम, फागुन ९ : युरोपेली आयोगले सन् २०२२ मा पूर्वी र दक्षिणी अफ्रिकालाई मानवीय सहयोगको रूपमा सुडानलाई ४ करोड युरो मानवीय सहायता विनियोजन गरेको, सुडानको आधिकारिक सुना समाचार एजेन्सीले आइतबार जनाएको छ।

इयुले अन्तर्राष्ट्रिय एजेन्सीहरू मार्फत खाँचोमा परेका सुडानी जनतालाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता पुष्टि गरेको सुनाले उल्लेख गरेको छ।

'पूर्व र दक्षिणी अफ्रिकामा कमजोर जनसंख्याले सामना गरेका गम्भीर चुनौतीहरू गम्भीर मौसमी घटनाहरू, राजनीतिक अस्थिरता र द्वन्द्व र कोभिड-१९ महामारीको प्रभावका कारण झन् बढेको छ,' जेनेज लेनार्किक, संकट व्यवस्थापनका लागि इयु आयुक्तले जनाएका छन्।

त्यसैगरी २९४.३२ मिलियन युरो को इयु कोष जिबुटी, प्रजातान्त्रिक गणतन्त्र कंगाे (डिआरसी) र ग्रेट लेक्स क्षेत्र, इथियोपिया, केन्या, सोमालिया, दक्षिणी अफ्रिका र हिन्द महासागर क्षेत्र सहित अफ्रिकी देशहरू र क्षेत्रहरूमा परियोजनाहरूमा विनियोजन गरिनेछ।

प्रकाशित मिति: १२:३६ बजे, सोमबार, फागुन ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्