Kathmandu Press

बंगलादेशले कोभिडविरुद्धका प्रतिबन्धहरु नलम्ब्याउने

ढाका, फागुन ९ : बंगलादेशले कोभिड १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरु अब नलम्ब्याउने जनाएको छ।यहाँको मन्त्रिपरिषदका सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी...
बंगलादेशले कोभिडविरुद्धका प्रतिबन्धहरु नलम्ब्याउने

ढाका, फागुन ९ : बंगलादेशले कोभिड १९ का विरुद्धमा लगाइरहेका प्रतिबन्धहरु अब नलम्ब्याउने जनाएको छ।

यहाँको मन्त्रिपरिषदका सचिव खाँदकर अनवारुलले आइतबार सो कुराको जानकारी दिएका हुन्। उनले अब बंगलादेशमा यसअघिदेखि लगाउँदै आएका प्रतिबन्धहरुको समय नथप्ने जानकारी दिए।

बंगलादेशमा कोभिड महामारीको तेस्रो लहर ओमिक्रोन भेरियन्ट आएसँगै प्रतिबन्धहरु लगाएको थियो। विद्यालय, विश्वविद्यालयहरु देखि होटलहरु बन्द गर्ने देखि लिएर सार्वजनिक स्थलमा उपस्थित हुन नपाइनेसम्मका प्रतिबन्धहरु लगाइएको छ।

ती प्रतिबन्धहरुको समय यही फेब्रुअरी २२ सम्म रहेको र अब त्यसलाई थप नलम्ब्याउने निर्णय सरकारले गरेको जानकारी उनले दिए।

प्रकाशित मिति: १२:३३ बजे, सोमबार, फागुन ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्