Kathmandu Press

माघमा स्थगित पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चैत ९ बाट

काठमाडौं, फागुन ९ : नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नेपाल एग्रिकल्चर मेसिनरी इन्टरप्रेनर्स एसोसिएसन ‘नामिया’) ले पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आगामी चैत ९...
माघमा स्थगित पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चैत ९ बाट

काठमाडौं, फागुन ९ : नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नेपाल एग्रिकल्चर मेसिनरी इन्टरप्रेनर्स एसोसिएसन ‘नामिया’) ले पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आगामी चैत ९ बाट गर्ने भएको छ। प्रदर्शनी चैत १२ सम्म सञ्चालन हुनेछ।

कोरोना महामारीको तेस्रो लहरका कारण गत माघ ५ देखि ८ सम्म सञ्चालन हुने भनिएको प्रदर्शनी स्थागित गरिएको थियो। 

प्रदर्शनी चितवनको भरतपुरमा हुने भएको छ। प्रदर्शनी कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूवार्धार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहकार्यमा हुनेछ। 

प्रदर्शनीमा करिब १ सय ५० मेसिनरी व्यवसायी र एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिताता रहने नामियाको अनुमान छ। २० भन्दा बढी देशका कृषि उपकरण तथा औजार प्रदर्शनीमा राखिने नामियाका अध्यक्ष खोजराज कटुवालले बताए।

‘मेड इन नेपाल प्रेभिलियन’

साबिकका प्रदर्शनीभन्दा यसपालि केही भिन्न गर्ने प्रयास गरिएको अध्यक्ष कट्वालले बताए। पहिलो पटक नेपालमै उत्पादन भएका कृषि औजार तथा प्रविधिलाई ‘मेड इन नेपाल प्रेभिलियन’ शीर्षकअन्तर्गत ५० प्रतिशतको सहुलियतामा स्टलहरू प्रदान गरिने जानकारी अध्यक्ष कटुवालले काठमाडौं प्रेसलाई दिए। 

अध्यक्ष कट्वालका अनुसार नेपाली माटो सुहाउँदा कृषि यन्त्र तथा उपकरण निर्माणमा प्रोत्साहन स्वरुप ‘मेड इन नेपाल प्रेभिलियन’ सहुलियतको व्यवस्था गरिएको हो। 

चौथो राष्ट्रिय कृषि यान्त्रीकरण गत वर्ष उक्त फागुन १३ देखि १५ गतेसम्म चितवनको भरतपुरमा भएको थियो। यसपटकको प्रदर्शनी पनि चितवनमै आयोजना हुनेछ आयोजकको भनाइ छ।

प्रविधि तथा सम्रग नेपालभरका किसान दाजुभाइ, दिदीबहिनाका लागि फोकल पोइन्ट भएका कारण चितवनमा प्रदर्शनी आयोजना गरिएको कटवालले स्पष्ट पारे।

कोरोना महामारी अझै पनि साम्य भइनसकेका कारण प्रदर्शनीलाई स्वास्थ सुरक्षा तथा सर्तकताको मापदण्ड पालना गर्न अध्यक्ष कटुवालले अनुरोध गरे। 


 

प्रकाशित मिति: १२:२७ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्