रुसी र फ्रान्सेली राष्ट्रपति फोनवार्ता
पेरिस, फागुन ९ : रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोंबीच फोनवार्ता भएको छ।उनीहरुबीच आइतबार फोनवार्ता भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।...
पेरिस, फागुन ९ : रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोंबीच फोनवार्ता भएको छ।
उनीहरुबीच आइतबार फोनवार्ता भएको फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। उनीहरुबीच भएको कुराकानीका क्रममा युक्रेनको पछिल्लो अवस्थाबारे छलफल भएको थियो। युक्रेनको पछिल्लो अवस्थाबारे पुटिनले म्याक्रोंलाई जानकारी गराएको बताइएको छ।
पूर्वी युक्रेनमा पछिल्लो समयमा रुसले सेना तैनाथ गरेको छ र युक्रेनमाथि रुसले हमला गर्ने योजना बनाएको बताइएको छ। अमेरिकासहितका पश्चिमा देशहरुले रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने बताइरहेका छन्। तर यसको रुसले भने खण्डन गरेको छ।
वार्ताका क्रममा दुई देशका राष्ट्रप्रमुखहरुका बीचमा हालैका दिनमा विश्वमा कोभिड-१९ ले पारेको प्रभावका बारेमा कुराकानी पनि भएको र यो महामारीको नियन्त्रणका लागि संयुक्त रुपमा मिलेर लड्ने बारेमा सहमति भएको थियो ।
त्यसैगरी उनीहरुबीच युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ। त्यस क्रममा रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोंका बीचमा हरेक विषयमा वार्ताबाट समाधान गरी अघि बढ्नुपर्ने बारेमा कुराकानी भएको थियो।












