Kathmandu Press

बार एशोसियसनको निर्वाचन तालिका सार्वजनिक, फागुन २३ गते उम्मेदवारी दर्ता 

काठमाडौं, फागुन ९ : नेपाल बार एशोसियसनले निर्वाचन तालिका सार्वजनिक गरेको छ । चैत १९ गते हुने निर्वाचनका लागि बारको निर्वाचन समितिले तालिका सार्वजनिक...
बार एशोसियसनको निर्वाचन तालिका सार्वजनिक, फागुन २३ गते उम्मेदवारी दर्ता 

काठमाडौं, फागुन ९ : नेपाल बार एशोसियसनले निर्वाचन तालिका सार्वजनिक गरेको छ । चैत १९ गते हुने निर्वाचनका लागि बारको निर्वाचन समितिले तालिका सार्वजनिक गरेको हो। 

तालिकाअनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने छ। उक्त नामावलीउपर दाबी विरोध गर्नका लागि फागुन १३ गतेको समय दिइएको छ। १९ गते दाबीविरोधउपर जाँचबुझ गरी फागुन २० गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिने तालिकामा उल्लेख छ। 

त्यस्तै उम्मेदवारी दर्ता मिति फागुन २३ गते तोकिएको छ। सो दिन बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।  

दाबी विरोध, जाँचबुझ र दोस्रो नामावली प्रकाशन फागुन २४ गते, नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन २५ गते हुनेछ । मतदान चैत १९ गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ । 

निर्वाचनबाट अध्यक्ष १, उपाध्यक्ष ८, महासचिव १, कोषाध्यक्ष १, सदस्यहरू १४ जना निर्वाचित हुनेछन् ।

प्रकाशित मिति: ११:१५ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्