पश्चिमी प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
काठमाडौं, फागुन ९ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि पहाडी भूभागमा वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।जल तथा मौसम...
काठमाडौं, फागुन ९ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज पनि पहाडी भूभागमा वर्षा र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १ लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। अन्य भूभागमा भने मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। पहाडी भूभागको केहि स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राति पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको आकलन छ।
मंगलबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
बुधबार पनि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागका केहि स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।











