Kathmandu Press

टी-२० विश्वकप छनोटमा क्यानडासँग भिड्दै नेपाल

काठमाडौं, फागुन ९ : आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत आज नेपाल तेस्रो खेलमा क्यानडासँग भिड्दै छ।सेमिफाइनल पुग्न आज नेपालले क्यानडाको सामना गर्नेछ। ओमनको अल...
टी-२० विश्वकप छनोटमा क्यानडासँग भिड्दै नेपाल

काठमाडौं, फागुन ९ : आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत आज नेपाल तेस्रो खेलमा क्यानडासँग भिड्दै छ।

सेमिफाइनल पुग्न आज नेपालले क्यानडाको सामना गर्नेछ। ओमनको अल अमेरत क्रिकेट ग्राउन्डमा आज अपारह्न ३ः४५ बजे नेपाल र क्यानडाको खेल हुनेछ।

ग्लोबल छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै तेस्रो जित निकाल्दै सेमिफाइनलमा प्रवेश गर्नेछ। यसअघि नेपालले ओमनलाई ३९ रनले र फिलिपिन्सलाई १३६ रनले पराजित गरेको थियो।

नेपाल दुई खेलमा ४ अंक सहित समूहको शीर्षस्थानमा छ। त्यस्तै, दुई खेलमा एक जित र एक हजारसहित क्यानडा २ जोडेर समूहको दोस्रो स्थानमा रहेको छ।

त्यस्तै, ओमन दुई अंकसहित तेस्रो स्थानमा छ। फिलिपिन्सले भने दुवै खेल हारेर अंक तालिकाको पुछारमा छ।

फाइनलमा पुग्ने दुई टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी टी–२० विश्वकपको लागि छनोट हुनेछन्।

प्रकाशित मिति: ०६:५९ बजे, सोमबार, फागुन ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्