Kathmandu Press

शेखरले ल्याए मिठो सोल्मारी (भिडियोसहित)

काठमाडाैं, असोज ३ : दशैं नजिकिँदै गर्दा गायक शेखर लामाको सोल्मारी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। सोल्मारी र मैच्याङ्गसँगको सम्बन्धले....

शेखरले ल्याए मिठो सोल्मारी (भिडियोसहित)

काठमाडाैं, असोज ३ : दशैं नजिकिँदै गर्दा गायक शेखर लामाको सोल्मारी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। सोल्मारी र मैच्याङ्गसँगको सम्बन्धले ल्याएको गुरुङ युवा र तामाङ्ग युवतीको प्रेमकथामा आधारित म्यूजिक भिडियोलाई नबिनबाबु गुरुङले निर्देशन र छायाँकन गरेका हुन्।  
 
जनक थोकरले लेखेको सोल्मारीलाई धन दोङ्ग तामाङ्गले संगीत गरेका हुन् भने बालकृष्ण स्वेचार्यको संगीत संयोजन रहेको छ। सोल्मरीको मिठो स्वाद अनि मैच्याङ्गको उत्तिकै मिठो माया पिरतीको कथामा आधारित यो म्यूजिक भिडियो अत्यन्तै उत्कृष्ट बनेकोमा आफू एकदमै खुशी रहेको गायक शेखरलामाले बताएका छन्। 
 
आनन्द गुरुङ र हिस्सी साम्तेन लामाको अभिनय रहेको यस म्यूजिक भिडियोलाई गायक लामाको आफ्नै सप्तक सङ्गीत नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतको ताल सुरमा आनन्द र हिस्सीलाई नचाउने काम भने नृत्य निर्देशक जस्मिन मगरले गरेकी छिन्।  म्यूजिक भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।

भिडियो हेर्नुस्:  

प्रकाशित मिति: २०:१० बजे, शुक्रबार, असोज ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्