Kathmandu Press

पाकिस्तानमा विगत २४ घण्टामा ३३ कोभिड सङ्क्रमितको मृत्यु

पाकिस्तानमा विगत २४ घण्टामा ३३ कोभिड सङ्क्रमितको मृत्यु

इस्लामावाद, फागुन ८ : पाकिस्तानले गत २४ घण्टामा एक हजार ६४४ जनामा कोभिडको नयाँ सङ्क्रमण पुष्टि भएको र कोभिड सङ्क्रमित ३३ व्यक्तिको मृत्यु भएको सरकारी कार्यालयद्वारा जारी तथ्याङ्कमा उल्लेख छ।

यससँगै पाकिस्तानमा कोभिडजन्य समस्या देखिएका ३० हजार नौ जनाको मृत्यु भएको पुष्टि भएको छ।

Hardik ivf

‘नेशनल कमाण्ड एण्ड अपरेशन सेन्टर (एनसीओसी)’ द्वारा सार्वजनिक गरिएको तथ्याङ्कले आइतबार महामारी सुरु भएदेखि आइतबारसम्ममा पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या १५ लाखभन्दा बढी पुगेको देखाएको जियो न्युजले उल्लेख गरेको छ।

गत २४ घण्टामा यहाँ ४९ हजार ८६६ व्यक्तिको कोभिड परीक्षण गरिएको थियो। जसमध्ये एक हजार ६४४ जनामा सङ्क्रमण पुष्टि भएको छ।

पाकिस्तानमा सङ्क्रमण दर ३.२९ प्रतिशत रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ।

यद्यपि सङ्क्रमण दर शुक्रबारभन्दा घटेको छ। शुक्रबार सङ्क्रमण दर ४.९२ प्रतिशत रहेको बताइएको थियो।

एनसीओसीको तथ्याङ्कअनुसार गत २४ घण्टामा कोभिड सङ्क्रमित तीन हजार ६५३ जनालाई सङ्क्रमण निको भएको छ। पाकिस्तानमा कोभिडबाट सक्रिय सङ्क्रमित हुनेको सङ्ख्या ६७ हजार ६५८ पुगेको छ।

तथापि, एक हजार ३८६ बिरामीहरूलाई अझै पनि गम्भीर उपचार केन्द्रमा उपचार गरिंदैछ। विशेष गरी, पाकिस्तान हाल कोरोनाभाइरसको घातक पाँचौं लहरको बीचमा छ र यहाँ हरेक दिन हजारौं नयाँ सङ्क्रमित भइरहेका रिपोर्टहरूमा जनाइएको छ।

प्रकाशित मिति: १९:४६ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्