Kathmandu Press

बेलायतकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण, परिश्रम नपर्ने जिम्मेवारीलाई जारी राख्ने

लण्डन, फागुन ८ : बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।'महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण...
बेलायतकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण, परिश्रम नपर्ने जिम्मेवारीलाई जारी राख्ने

लण्डन, फागुन ८ : बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

'महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ,' विन्ड्सर क्यासल स्रोतले बताएको छ।

पन्चान्नब्बे–बर्षीया महारानीले आगामी साता निवासबाटै हल्का जिम्मेवारीलाई निरन्तरता दिने बताउनुभएको स्रोतले जनाएको छ।

Hardik ivf

दरबारबाट प्रेषित एक विज्ञप्तिमा भनिएको छ,‘बकिङहम प्यालेस’द्वारा आइतबार जारी सूचनामा महारानीलाई हल्का लक्षणसहित कोभिड सङ्क्रमण पुष्टि भएको छ।'

विज्ञप्तिमा थप भनिएको छ, 'उहाँले हल्का चिसाको लक्षणहरूको अनुभव गरिरहनुभएको छ । यद्यपि आगामी हप्तामा विन्ड्सरबाटै हल्का खालका जिम्मेवारीलाई सम्हाल्नुहुनेछ।'

'उहाँको निरन्तर स्वास्थ्य उपचार भइरहने र कोभिडजन्य नियमका सबै आवश्य निर्देशनहरू पालन गर्नुहुनेछ।'

बेलायतको राजगद्दीका उत्तराधिकारीसमेत रहेका महारानीका जेठा छोरा राजकुमार चाल्र्सले विन्ड्सरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि फेब्रुअरी १० मा कोभिड सङ्क्रमण पुष्टि भएको समाचार बेलायती सञ्चारमाध्यममार्फत् बाहिरिएको हो।

त्यतिबेला महारानी एलिजाबेथ आफैले कोभिड परीक्षण गरेकाे थियो वा थिएन भन्नेबारे कुनै जानकारी दिइएको थिएन। उनले गत हप्ता दरबारमा केही व्यक्तिहरूसँग भेटेकी थिइन।

उनीहरूमध्ये एक जना पाहुनालाई कोभिड सङ्क्रमणको स्पष्ट लक्षण देखिएको बताइएको थियो।

महारानीको स्वास्थ्यको बारेमा सूचनाहरू सामान्यतया गोप्य नै राखिने गरिन्छ। दरबारले उनले कोभिड–१९ विरुद्धको सबै खोप लगाइसकेको यसपहिले नै पुष्टि गरेको थियो।

प्रकाशित मिति: १९:४२ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्