नाबालिका जबरजस्ती करणी गरेकाे अभियोगमा पक्राउ
चितवन, फागुन ८ : नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आँपटारीका जीवन पौडेल रहेका छन्।...चितवन, फागुन ८ : नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आँपटारीका जीवन पौडेल रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार सोही ठाउँकी छ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय पौडेललाई शनिबार पक्राउ गरिएको हो।
पौडेललाई जिल्ला अदालतबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। नाबालिकाकी आमाले आज जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी निवेदन दिएका हुन। भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले पौडेल भरतपुर महानगरपालिकाअन्तर्गत वडा नं २९ मा सबइञ्जिनीयर पदमा कार्यरत रहेको जानकारी दिए।
प्रकाशित मिति: १९:१७ बजे, आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१