‘आमा किरणहरुको छाल’मा कविता संग्रह विमोचन
काठमाडौं, असोज ३ : कवि गीता कार्कीको तेस्रो कविता संग्रह ‘आमा किरणहरुको छालमा’ सार्वजनिक भएको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्....

काठमाडौं, असोज ३ : कवि गीता कार्कीको तेस्रो कविता संग्रह ‘आमा किरणहरुको छालमा’ सार्वजनिक भएको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी दास, उषा शेरचन, सहित्यकार अभि सुवेदी, चित्रकार किरण मान्धर लगायत स्रष्टाहरुले उक्त कविता संग्रहको संयुक्त रुपमा विमोचन गरेका हुन्।
कार्यक्रमका प्रमख अतिथि तुलसी दासले ‘मन नटुक्रिएसम्म आफ्नो हो, टुक्रिएपछि झरेको सितारा जस्तै’ भन्ने भावमा कवितामा नेपालको मौलिकता झल्किएको बताए। कवितालाई चिच्याउन लगाउने हुलमा कार्कीका कविताले मौनताको भाषामा बेजोड भाव पोखेको उनले बताए।
कार्यक्रममा कवि कार्कीले आमाको ममता हृदयस्पर्शी ढङ्गबाट पोख्दै संसारकै उच्च इश्वरीय सत्ता रहेकी आमालाई वर्तमान अवस्थामा वृद्घाश्रममा लगेर राख्ने परिपाटीलाई व्यङ्ग्य गरिन्। आमा र कविता शब्द पर्यायबाची नै भएको उनको भनाइ छ। उनले आमाको महिमा र अस्तित्वबारे कविताहरुले बोल्ने बताइन्।
समालोचक लक्ष्मण गौतमले कृतिमा आमा प्रेम भावमा दर्शाउने उत्कृष्ट विम्बको प्रयोग भएको बताए। उनले कवितालाई चित्रको आकारमा उतारिएको हुँँदा एक पटक पढेपछि पाठकको मानसपटलमा सधैं बसिराख्ने बताए।
जीवन जगत र विश्व खोज्ने प्रयत्न रहेको यो कविता संग्रहलाई नारी प्रतिष्ठानले पाठकमाझ पस्केको हो। ‘नेता मन पर्दैन, किन झर्छन्, शिरीषका फूल र पातहरु बताससँगै, बैंशालु रहरहरु’ लगायतका कविता संग्रहमा समेटिएको छ।












