Kathmandu Press

भूकम्पले भत्किएको राममन्दिर पुनःनिर्माण

भूकम्पले भत्किएको राममन्दिर पुनःनिर्माण

भक्तपुर, फागुन ८ : मध्यपुरथिमि नगरपालिका–१ र ३ को सिमानामा पर्ने बुढाथोकी गाउँस्थित राममन्दिर पुनःनिर्माण सुरु भएको छ। विसं २०७२ को भूकम्पले भत्किएको उक्त मन्दिरको पुरातत्व विभागले ठेक्कामार्फत पुनःनिर्माण गर्न लागेको हो।

पुरातत्व विभागको ८० लाख रूपैयाँको लागतमा विभागले ठेक्कामार्फत मन्दिरको पुनःनिर्माण गर्न लागेको वडा नं. १ का वडाध्यक्ष सुरज खड्काले जानकारी दिए। मन्दिरको आज शिलान्यास गरी पुनःनिर्माण थालिएको हो।

प्रकाशित मिति: १८:५१ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्