Kathmandu Press

जुनसुकै बेला सरकारबाट बाहिरिन सक्ने देव गुरूङको चेतावनी

जुनसुकै बेला सरकारबाट बाहिरिन सक्ने देव गुरूङको चेतावनी

काठमाडौं, फागुन ८ : माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आफूहरू जुनसुकै बेला सरकारबाट बाहिरिन सक्ने चेतावनी दिएका छन्।

आइतबार संसदमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल भएपछि उनले आफुहरु जुनसुकै बेला सरकारबाट बाहिरिन सक्ने प्रतिक्रिया दिएका हुन्।

आफूहरूको सुझावविपरीत यथास्थितिमै संसदमा टेबुल भइसकेपछि अब अनुमोदनको प्रक्रियासम्म कुर्ने, निर्णयार्थ प्रक्रियामा सहभागी हुने र सभामुखको रुलिङ हेरेर चित्त नबुझे सरकारबाट बाहिरिने उनको भनाइ छ।

प्रतिनिधिसभाको अर्को बैठक अब आगामी बिहीबार बस्दैछ ।

प्रकाशित मिति: १८:२३ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्