माओवादी केन्द्र एमसिसीको विपक्षमा छ : प्रचण्ड
काठमाडौं, फागुन ८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एमसिसीको विपक्षमा रहेको बताएका छन्। संसदमा एमसिसी टेबुल भएपछि सामाजिक सञ्जालमार्फत प्रचण्डले...
काठमाडौं, फागुन ८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एमसिसीको विपक्षमा रहेको बताएका छन्। संसदमा एमसिसी टेबुल भएपछि सामाजिक सञ्जालमार्फत प्रचण्डले माओवादी केन्द्र प्रष्ट रुपमा एमसिसीको विपक्षमा रहेको जानकारी दिएका हुन्।
'विवाद र बिरोधका बीच सरकारले MCC टेबुल गरेको छ। हाम्रो पार्टी र संसदिय दलले MCC का विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको छ,' फेसबुकमा प्रचण्डले लेखेका छन्।
एमसिसीको विरोधमा गरिएको प्रदर्शनमा प्रहरीले दमन गरेको समेत प्रचण्डले बताएका छन्। उनले प्रहरी दमनको विरोध समेत गरेका छन् । त्यस्तै प्रदर्शनका क्रममा घाइते भएकाहरु प्रति स्वास्थ्यलाभको कामना गरेका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा एमसिसी सम्झौता टेबुल भएको छ। एमसिसी टेबुल भएपनि निर्णयार्थ पेश हुँदा विपक्षमा मतदान गर्ने माओवादी केन्द्रको निर्णय छ।
संसद बैठकमा पनि माओवादीका केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पार्टी एमसिसीलाई यथास्थितीमा टेबल गर्न नहुने धारणा राखेका छन्।











