Kathmandu Press

ओझाले ल्याए ‘संसारै बैमानी’ बोलको गीत 

काठमाडौं, असोज ३ : अनुप ओझाको परिचय पत्रकारका रुपमा मात्रै सीमित छैन। गीत संगीतको बाटोमा उनी नयाँ यात्री त हुन् तर उनको लोकप्रियताको ग्राफ उक्लिद....

ओझाले ल्याए ‘संसारै बैमानी’ बोलको गीत 

काठमाडौं, असोज ३ : अनुप ओझाको परिचय पत्रकारका रुपमा मात्रै सीमित छैन। गीत संगीतको बाटोमा उनी नयाँ यात्री त हुन् तर उनको लोकप्रियताको ग्राफ उक्लिदो छ। वर्ष दिनअघिको पहिलो गीतले कमाएको लोकप्रियताले उनलाई दोस्रो गीत लिएर आउने आत्मबल दिएको छ।  

अघिल्लो वर्ष  ‘वारीको डाडामा म...’ बोलका लोकप्रिय गीत लिएर आएका अनुप यसपाला अर्को सुमधुर गीत ‘संसारै बैमानी ...’ लिएर आएका छन्। अनुपको दोस्रो गीतमा दशक लामो द्वन्द्व र संक्रमणबाट गुज्रिएको नेपाली समाज, अवसरको खोजीमा विदेशीने तन्नेरी र यही उपक्रममा बैमानीको पासोमा परेर बदलिन बाध्य भएको तन्नेरीको परिवर्तन समेटिएको छ।

Hardik ivf

इमानको खडेरी परेका बेला अनुपले बैमानीहरुको बोलबाला रहेको सत्यलाई गीतमार्फत अघि ल्याएका छन्। इमानमा चल्नेहरु कसरी दबेका छन् र उनीहरुको इमानमाथि नै बैमानीहरुले कसरी हिलो छ्यापिरहेका छन् भन्नेबारे अनुपले यो गीतमार्फत जीवन्त चित्रण गरेका छन्। 

प्रयोगात्मक धारको सफल नेपाली चलचित्र ‘हरि’को सफल निर्देशन गरेका सफल केसी र प्रतिक गुरुङले यो दोस्रो गीतको म्युजिक भिडियोको निर्देशन गरेका हुन्। पाँच मिनेट ३५ सेकेन्डको यो म्युजिक भिडियो म्याड हाउसले उत्पादन गरेको हो भने यसको छायांकन काठमाडौंको चम्पादेवी गाउँको विभिन्न स्थानमा गरिएको हो। 

यो म्युजिक भिडियोको कोरियोग्राफी अष्ट्रेलियामा रहेको दि नेक्स्ट नामक नृत्य समूहको नेतृत्व गरिरहेका प्रदिप लामाले गरेका हुन् भने मुर्तजा शाहको कोरियोग्राफी रहेको छ।  म्युजिक भिडियोमा कलाकार विजय बराल, प्रकाश गन्धर्व, प्रकाश दाहाल, भावना थापा, सुरज चौलागाई, दिपराज विक र गायक/रचनाकार अनुप स्वंयमले अभिनय गरेका छन्।

गीतमा भानुभक्त ढकाल र झुमा लिम्बुको स्वरले पनि साथ पाएको छ।   

प्रकाशित मिति: १९:४९ बजे, शुक्रबार, असोज ३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्