Kathmandu Press

देशभरि थपिए २६२ कोरोना संक्रमित, ४ को मृत्यु

काठमाडौं, फागुन ८ : नेपालमा थप २ सय ६२ जनामा कोरोना पुष्टि भएको छ।देशभर गरिएको ६ हजार ५ सय ७२ पिसिआर परीक्षणका क्रममा २...
देशभरि थपिए २६२ कोरोना संक्रमित, ४ को मृत्यु

काठमाडौं, फागुन ८ : नेपालमा थप २ सय ६२ जनामा कोरोना पुष्टि भएको छ।

देशभर गरिएको ६ हजार ५ सय ७२ पिसिआर परीक्षणका क्रममा २ सय २९ जना र ३ हजार २ सय ४३ एन्टिजेन परिक्षणका क्रममा ३३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय २१ जनाको मृत्यु भएको छ।

त्यस्तै थप १ हजार ३ सय ३८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५१ हजार ५६ जना निको भएका छन्।

हाल नेपालमा १२ हजार २ सय ४४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ११ हजा। ७ सय ५४ जना होम आइसोलेसन र ४ सय ९० जना संस्थागत आइसोलेसनमा छन्।

त्यस्तै १ सय ३६ जनाको आइसुयुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १७:०३ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्