खाना पकाउने ग्यासको मूल्य घट्यो
काठमाडौं, असोज ३ : नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य घटाएको छ।
शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निगमले प्रति....

काठमाडौं, असोज ३ : नेपाल आयल निगमले खाना पकाउने (एलपी) ग्यासको मूल्य घटाएको छ।
शुक्रबार राति १२ बजेबाट लागू हुने गरी निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो। योसँगै अब काठमाडौं उपत्यकाका उपभोक्ताले ग्यासमा प्रतिसिलिण्डर १३५० रुपैयाँ तिर्नुपर्ने निगमका प्रवक्ता वीरेन्द्र गाइतले जानकारी दिए। यसअघि ग्यासको मूलय १३७५ रुपैयाँ कायम थियो।
यस्तै, निगमले हवाइ उडान (बाह्य) तर्फ इन्धनको मूल्य प्रतिकिलोलिटर ५० डलरले घटाएको छ। अब हवाइ इन्धन (वाह्य) तर्फ प्रतिकिलोलिटर १ हजार डलर पर्नेछ।
प्रकाशित मिति: १९:३५ बजे, शुक्रबार, असोज ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
