Kathmandu Press

६० हजारभन्दा बढि पठाउन नपाइने

काठमाडौं, माघ २१ : नेपाल राष्ट्र बैंकले नगद कारोबार झनै कडाइ गरेको छ । एक दिनमा एक पटक एक लाख रुपैयाँसम्म पठाउन पाउने प्रावधानलाई घटाएर  ६० हजार ....

६० हजारभन्दा बढि पठाउन नपाइने

काठमाडौं, माघ २१ : नेपाल राष्ट्र बैंकले नगद कारोबार झनै कडाइ गरेको छ । एक दिनमा एक पटक एक लाख रुपैयाँसम्म पठाउन पाउने प्रावधानलाई घटाएर  ६० हजार रुपैयाँमा झारेको छ ।

एकीकृत निर्देशनलाई संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । नगद कारोबारलाई निरुत्साहित गर्ने उद्देश्यले देशभित्रै पनि एक व्यक्तिले अर्को व्यक्तिलाई एक दिनमा पठाउन पाउने रकमको सीमा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसार, अब एक व्यक्तिले अर्को व्यक्तिलाई एकदिनमा एकपटकमा ६० हजार रुपैयाँमात्रै पठाउन सक्नेछन् ।

अर्थ मन्त्रालयले राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ नेतृत्वमा मुद्रा बजार र पुँजी बजारका समस्या समाधान गर्न गठन गरेको समितिले पनि नगद कारोबार गर्न निरुत्साहित गर्नुपर्ने सुझाव दिएको थियो । सोही सुझावको आधारमा राष्ट्र बैंकले नगद कारोबारमा थप कडाई गरेको हो ।

प्रकाशित मिति: ११:२६ बजे, सोमबार, माघ २१, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्