Kathmandu Press

एमसिसी अब पास हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, फागुन ८ : प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा टेबुल भएको एमसीसी पारित हुने बताएका छन्।आज (आइतबार) प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रक्रिया दिँदै...
एमसिसी अब पास हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, फागुन ८ : प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा टेबुल भएको एमसीसी पारित हुने बताएका छन्।

आज (आइतबार) प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रक्रिया दिँदै उनले एमसिसी सम्झौता टेबुल भइसकेकाले अब पारित पनि हुने बताएका हुन्।

सञ्चारकर्मीहरुले एमसिसी कहिले पास हुन्छ भनेर प्रश्न गरेपछि प्रधानमन्त्री देउवाले भने, ‘अब पास हुन्छ।’

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा एमसिसी टेबुल गर्ने कार्यसूची रहे पनि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सहयोगसम्बन्धी सम्झौता एमसिसी अनुमोदनका लागि टेबल गरेका थिए।

त्यसक्रममा उनले एमसीसी अनुदानबाट प्राप्त सहयोगले पाँच वर्षभित्रै आयोजनाहरू सम्पन्न हुने भन्दैसबै नेपालीले आयोजनालाई राष्ट्रिय गौरवका रूपमा ग्रहण गर्नुपर्ने बताएका थिए।

प्रकाशित मिति: १६:२६ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्