Kathmandu Press

एमसिसी टेबुल गर्न दिइए पनि पारितका लागि समर्थन हुन्न : नेपाल

काठमाडौं, फागुन ८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमिससी टेबुल गर्न दिइए पनि पारित गर्न भने समर्थन नगर्ने प्रतिक्रिया दिएका छन्।संसद...
एमसिसी टेबुल गर्न दिइए पनि पारितका लागि समर्थन हुन्न : नेपाल

काठमाडौं, फागुन ८ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमिससी टेबुल गर्न दिइए पनि पारितका लागि भने समर्थन नगर्ने प्रतिक्रिया दिएका छन्।

संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यस्तो बताएका हुन्।  ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन,’ उनले भने।

सत्तारुढ गठबन्धनको सहमतिअनुसार आज (आइतबार) संसदमा एमसिसी टेबल गरिएको छ। 

तर एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खनालले भने एमसिसी संसदमा टेबुल गर्नुलाई पनि संविधानविपरीत रहेको बताएका छन्। 

प्रकाशित मिति: १६:१८ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्