विरोधमा प्रदर्शन चर्किएपछि प्रहरीले चलायाे रबरको गोली
काठमाडौं, फागुन ८ : एमसिसीको विरोधमा बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएको छ।त्यसलाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाएको छ। एमसिसीको विरोधमा विभिन्न दलका...
काठमाडौं, फागुन ८ : एमसिसीको विरोधमा बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएको छ।
त्यसलाई नियन्त्रणमा लिन प्रहरीले गोली नै चलाएको छ। एमसिसीको विरोधमा विभिन्न दलका कार्यकर्ताले बानेश्वर क्षेत्रमा गरिरहेको सडक आन्दोलन नियन्त्रणभन्दा बाहिर जान लागेपछि प्रहरीले रबरको गोली चलाएको हो।
अहिले पनि बिजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त छ। प्रहरीले प्रदर्शनकारीमाथि लाठी, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ। प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्।
सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीनिकटका भ्रातृ संगठन एमlससीका ljरोधमा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा आइतबार दिनभर प्रदर्शन गरेका हुन्।
प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही घाइते भएका छन्। केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनका कारण तीनकुनेदेखि माइतीघर क्षेत्रको यातायात पूर्ण रुपमा अवरुद्ध बनेको छ।



















