Kathmandu Press

पाकिस्तानको पेशावरमा ग्रेनेड आक्रमण, तीन प्रहरी घाइते

पेशावर, फागुन ८ : पाकिस्तानको पेशावर शहरको एक प्रहरी चौकीमा हाते ग्रेनेड आक्रमणमा तीन प्रहरी घाइते भएका छन्।क्लोज सर्किट टेलिभिजन क्यामेरा (सीसीटीभी) को फुटेजले...
पाकिस्तानको पेशावरमा ग्रेनेड आक्रमण, तीन प्रहरी घाइते

पेशावर, फागुन ८ : पाकिस्तानको पेशावर शहरको एक प्रहरी चौकीमा हाते ग्रेनेड आक्रमणमा तीन प्रहरी घाइते भएका छन्।

क्लोज सर्किट टेलिभिजन क्यामेरा (सीसीटीभी) को फुटेजले एक व्यक्तिले प्रहरी चौकीमा दुईवटा ह्यान्ड ग्रेनेड प्रहार गरेको देखाएको द न्यूज इन्टरनेसनलले एक अधिकारीलाई उद्धृत गर्दै  जनाएको छ। बाहिरबाट विस्फोटक पदार्थ प्रहरी चौकीमा फालेपछि आक्रमणकारी भागेका थिए ।

Hardik ivf

केही साताअघि बडबेरमा प्रहरीको भ्यानमा हतियार प्रहार हुँदा तीन प्रहरी घाइते भएका थिए । सोही दिन हयाताबाद नजिकैको प्रहरी चौकीमा पनि हात ग्रिनेड प्रहार भएको थियो ।

हालैका महिनाहरूमा खैबर पख्तुनख्वाका विभिन्न भागहरू विशेष गरी पेशावरमा प्रहरीमाथि आक्रमणका घटना बढेका छन्। द न्युज इन्टरनेशनलका अनुसार पछिल्ला महिनाहरूमा पेशावर र अन्य शहरहरूमा धेरै प्रहरीहरूमाथि आक्रमण भएको थियो।

आधिकारिक रिपोर्ट अनुसार ४८ प्रहरीको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । 

प्रकाशित मिति: १५:३३ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्