एमसिसी संसदमा टेबुल हुनु छलफलका लागि महत्वपूर्ण अवसर : कानुनमन्त्री बडू
काठमाडाैं, फागुन ८ : कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले एमसिसी सम्झौता प्रस्ताव संसदमा टेबुल हुनु छलफलकाे महत्वपूर्ण अवसर सुरू हुनु भएकाे बताएका छन्।यसबारे पक्ष र विपक्षमा...
काठमाडाैं, फागुन ८ : कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले एमसिसी सम्झौता प्रस्ताव संसदमा टेबुल हुनु छलफलकाे महत्वपूर्ण अवसर सुरू हुनु भएकाे बताएका छन्।
यसबारे पक्ष र विपक्षमा छलफल सुरु हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने उनले बताए। मुलुक र जनतालाई जवाफ दिनका निमित्त पनि यो विषय संसदमा पुग्नु जरुरी रहेकाले नै आज टुबुल गरिएको उनले बताए।
संसद बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अब यसबारे छलफल गरेर एउटा निष्कर्षकमा पुग्नुपर्ने बताए। एमिससीबारे संशयमा रहेका जनता, राष्ट्र र विदेशी राष्ट्रलाई यथार्थ के हो भन्नेबारे जानकारी दिन संसदमा हुने छलफलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो।
आगामी संसद बैठकबाट एमसिसीबारे प्रक्रियागत छलफल अगाडि बढ्ने उनले बताए।
प्रकाशित मिति: १५:२० बजे, आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











