Kathmandu Press

गगनको प्रश्न– एमसिसीमा राष्ट्रघात देख्नेहरु ओली, प्रचण्ड र माधवलाई राष्ट्रघाती भन्न सक्छन ?

अवरोधका बीचमा छलफल हुन्छ कि हुँदैन भन्ने विषय पनि आजबाट टुंगिएको उनले बताए। ‘छलफलमा एमालेदेखि सबै दलहरुले भाग लिएपछि १२ गतेदेखि सामान्य छलफल हुन्छ,’ उनले भने। 
गगनको प्रश्न– एमसिसीमा राष्ट्रघात देख्नेहरु ओली, प्रचण्ड र माधवलाई राष्ट्रघाती भन्न सक्छन ?

काठमाडौं, फागुन ८ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमसिसीलाई राष्ट्रघात भन्ने नेताहरुले आफ्ना अध्यक्षलाई समेत राष्ट्रघाती भन्न चुनौती दिएका छन्। 

प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले एमसिसीको विरोध गर्ने पार्टी र सांसदहरुले आ–आफ्ना अध्यक्षहरुलाई राष्ट्रघाती भन्न सक्नुपर्ने बताएका हुन्। 

‘एमसिसी राष्ट्रघात भन्ने हो भने भीम रावलले राष्ट्रघाती केपी शर्मा ओली मूर्दाबाद भनेर संसदमा नाराबाजी गर्ने हिम्मत राख्नुपर्छ, यो सम्झौता राष्ट्रघाती भन्ने हो भने पुष्पकमल दाहाल मूर्दावाद भनेर माओवादीका सांसदहरुले संसदमा नाराबाजी गर्ने हिम्मत राख्नुपर्छ,’ उनले भने,‘माधव नेपाल मूर्दावाद भनेर एकिकृत समाजवादीका सांसदहरुले नारा लगाउने हिम्मत राख्नुपर्छ।’

अहिलेको सरकारले संसदमा टेबल गरेको सम्झौता तत्कालीन नेकपाका अध्यक्ष ओली नेतृत्वको मन्त्रिपरिषद्ले संसदमा पेश गर्ने निर्णंय गरि दर्ता गराएको थापाले बताए। त्यसकारण राष्ट्रघात भन्नेहरु आफ्नो नेतृत्वालाई राष्ट्रघाती भनेर मात्रै थप बहसमा आउने उनले चुनौती दिएका छन्। 

थापाले संसदमा सभामुखको भूमिका पनि महत्वपूर्ण रहेको बताए। ‘संसदभित्र छलफल हुनुपर्ने विषय सडकमा देखिएको कारण सदनभित्र छलफल गरौं भन्नुभएको छ, यो एकदम महत्वपूर्ण छ,’ उनले भने। 

अवरोधका बीचमा छलफल हुन्छ कि हुँदैन भन्ने विषय पनि आजबाट टुंगिएको उनले बताए। ‘छलफलमा एमालेदेखि सबै दलहरुले भाग लिएपछि १२ गतेदेखि सामान्य छलफल हुन्छ,’ उनले भने। 

उनले एमाले अवरोधका बीच पनि छलफल हुने र अनुमोदनका लागि निर्णयार्थ पेश हुने बताए। निर्णयार्थ पेश हुँदा कुन दलले पक्ष र विपक्षमा मतदान गर्ने भन्ने विषयमा भने प्रश्न उठ्ने बताए। सरकारमै बस्ने र सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्ने कुरा नैतिकताले पनि नदिने उनको धारणा छ। त्यस्तै एमाले अध्यक्ष ओली नेतृत्वकै सरकारले  ल्याएको प्रस्ताव भएका कारण एमालेले पनि पक्षमै मतदान गर्ने दाबी गरे। 

प्रकाशित मिति: १४:५७ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्