Kathmandu Press

जबर्जस्ती एमसिसी टेबल गर्नु संविधानविपरीत : खनाल

काठमाडाैं, फागुन ७ : एकीकिृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संसदमा एमसीसी टेबुल गर्नु संविधानविपरीत रहेको बताएका छन्। संसद बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी...
जबर्जस्ती एमसिसी टेबल गर्नु संविधानविपरीत : खनाल

काठमाडाैं, फागुन ७ : एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संसदमा एमसीसी टेबुल गर्नु संविधानविपरीत रहेको बताएका छन्। 

संसद बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गदैं उनले उनले संविधानको धारा २७९ ले संघीय कानुन बनाएर मात्रै एमसिसीजस्ता सन्धिसम्झौता गर्न पाइने व्यवस्था गरेको बताउँदै ‘संघीय ऐन नबनेको अवस्थामा संविधान मिचेर जबर्जस्ती एमसिसी टेबल गर्नु गलत रहेको सपष्ट पारे।  

‘प्रमुख प्रतिपिक्षी दल एमालेले संसदमा अवरोध सिर्जना गरिरहेको छ, त्यस्तो बेलामा कुनै कार्यसूची आउनु हुँदैन,’ उनले भने। एमसिसी दीर्घकालनि महत्वको विषय, नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, सार्वभौमसत्तासँग जोडिएको विषय भएकाले संसद नै गन्जागोल भएको स्थितिमा त्यसलाई प्रस्तुत गर्नु लज्जास्पद भएको प्रतिक्रिया उनले दिए। 

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले एकमतका साथ एमसिसीबारे अध्ययन गर्न बनाएको कार्यदलले दिएको रिपोर्ट पास गरेको, यथास्थितिथमा कुनै हालतमा एमसिसी पारित गर्नुहूँदैन, कुनै समस्या आए केन्द्रीय सचिवालयको बैठकले निर्णय गरेको तर एमसिसी टेबुसल गर्ने विषयमा कुनै निर्णय नभएके जिकिर उनले गरे।

तर उनकै पार्टीका अध्यक्ष माधवकुमार नेपालले आज बिहान भएको बैठकमा संसदमा एमसिसी टेबुल गर्न दिने विषयमा सहमति जनाएका थिए। 

प्रकाशित मिति: १४:५५ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्