Kathmandu Press

एमसिसी टेबल गरेर प्रतिनिधि सभाको बैठक स्थगित

सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन १२ गते बिहीबार बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरेका हुन्। 
एमसिसी टेबल गरेर प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं, फागुन ८ : प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ। 

अमेरिकी विकास परियोजना एमसिसी संसदमा टेबुल गरेपछि आजको बैठक स्थगित भएको हो।

सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन १२ गते बिहीबार बस्ने गरी आजको बैठक स्थगित भएको घोषणा गरेका हुन्। 

बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता संसदमा पेस गरेका थिए। 

प्रकाशित मिति: १४:२३ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्