मोबाइल मेलाः मोटरसाइकलदेखि इन्डोनेशिया भ्रमणसम्मको अफर
काठमाडौं,असोज ३ : नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सुन्धारास्थित सिटिसी मलमा मोबाइल मेला आयोजना हुने भएको छ। मेलामा मोटरसाइकलदेखि इन्ड....

काठमाडौं,असोज ३ : नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर सुन्धारास्थित सिटिसी मलमा मोबाइल मेला आयोजना हुने भएको छ। मेलामा मोटरसाइकलदेखि इन्डोनेशिया भ्रमणसम्मको अफर राखिएको छ।
मलको भुइँ तल्लामा रहेको मोबाइलको नयाँ गन्तव्य सिटिसी मोबाइल हबमा चाडपर्व लक्षित अफरहरुसहित शनिबारदेखि दशैंको फूलपातीका दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
मेलामा सञ्चालित अफर अन्तरगत मोबाइल खरिद गर्नेहरु मध्येबाट प्रथम उपहार स्वरुप एक जनालाई यामाहाको ‘रे जेड स्कूटर’ उपलब्ध गराइने मोबाइल हबले जनाएको छ। त्यस्तै, मेलालाई आकर्षण गर्नका लागि उपहार स्वरुप एक जनालाई इन्डोनेशियाको बाली भ्रमणको प्याकेज उपलब्ध गराइने छ।
मोबाइल हबमा विश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका ६ सय ५० रुपैयाँदेखि २ लाख १५ हजार रुपैयाँसम्मका मोबाइल फोनहरु उपलब्ध छन्। ग्राहकले एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै जस्तोसुकै पुरानो मोबाइल सट्टापट्टा पनि गर्न सक्ने मेला आयोजकले जनाएको छ।
मोबाइलको नयाँ गन्तव्यका रुपमा लिइएको मोबाइल हबको मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिने छ। सेवाग्राहीहरुले अफरहरु मौकाको फाइदा कात्तिक १७ गतेसम्म लिन सक्ने छन्।
मोबाइल मेला अवलोकन गर्नेहरुलाई गोलाप्रथाबाट विभिन्न ब्राण्डका स्मार्टफोन वितरण गरिने जनाइएको छ। उल्लेखित अफरहरु सिटिसी मोबाइल हब सुन्धाराका साथै दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्स न्यूरोडमा रहेको सिटिभी मोबाइलमा लागू हुनेछन्।
मोबाइल खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए। पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा रुपमा उपलब्ध गराइने राईले बताए।
नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिलजोनकोसमेत व्यवस्था छ।










-1754206481.jpg)
