Kathmandu Press

नेपाली जनताको भावनाविपरीत एमसिसी टेबुल गर्नु आपत्तिजनक : रावल

काठमाडौं, फागुन ८ : प्रमुख प्रतिपक्षी दल एमालेका नेता भीम रावलले संसदमा एमसिसी टेबुल गर्नु आपत्तिजनक रहेको बताएका छन्।सभामुख अग्नि सापकोटाले समय दिएपछि आफ्नो...
नेपाली जनताको भावनाविपरीत एमसिसी टेबुल गर्नु आपत्तिजनक : रावल

काठमाडौं, फागुन ८ : प्रमुख प्रतिपक्षी दल एमालेका नेता भीम रावलले संसदमा एमसिसी टेबुल गर्नु आपत्तिजनक रहेको बताएका छन्।

सभामुख अग्नि सापकोटाले समय दिएपछि आफ्नो भनाइ राख्दै उनले प्रमुख प्रतिपक्षी दलले संसद अवरोध गरिरहेका बेला, सत्ता गठबन्धनमै पनि दलहरूबीच सहमति नजुटिरहेका बेला एमसिसी टेबुल गर्नु आपत्तिजनक रहेको बताएका हुन्।

उनले स्वतन्त्र नेपाली जनताको प्रतिनिधित्व गर्ने संसदमा दलहरूको सहमतिबिनै एमसीसी कसरी टेबल भयो भनेर प्रश्न पिन गरे। 

रावलले विदेशीहरूसँग त्रसित भएर, नेपाली जनताका आवाज कुल्चेर एमसीसी टेबल गरेर संसद, स्वतन्त्र र सार्वभौम जनताको अपमान गरिएको भन्दै आक्रोश व्यक्त गरे।

रावलले एमसिसी राष्ट्रघाती कदम भएको, नेपालको स्वाधीनताको विरुद्धमा रहेको नेपालको काननु विपरीत रहेको बताएका थिए। नेपालको स्वाभिमान, नेपालको आत्मनिर्यायको अधिकार कुण्ठित गराउने दाबी गरे। उनले एमसिसी नेपाली जनताको भावनाविपरीत रहेको बताउँदै संसदमा त्यसलाई टेबुल नगर्न उनले सदनलाई अनुरोध गरे। 

प्रतिनिधि सभा बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेका थिए। एमाले अवरोधकै बीच बैठक अघि बढाएका सभामुख अग्नि सापकोटाले सुरुमा माओवादी केन्दैका नेता देव गुरुङलाई बोलन दिएका थिए। त्यसपछि उनले रावललाई बोल्न समय दिएका थिए।

प्रकाशित मिति: १४:०५ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्