Kathmandu Press

प्रतिनिधिसभा बैठकमा आज पनि एमालेकाे अवरोध

काठमाडौं, फागुन ८ : प्रमुख प्रतिपक्षी दल एमालेले आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा पनि अवरोध सिर्जना गरेको छ। बैठक सुरु हुनासाथ एमाले सांसदहरूले रोस्ट्रमअगाडि पुगेर...
प्रतिनिधिसभा बैठकमा आज पनि एमालेकाे अवरोध

काठमाडौं, फागुन ८ : प्रमुख प्रतिपक्षी दल एमालेले आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा पनि अवरोध सिर्जना गरेको छ। 

बैठक सुरु हुनासाथ एमाले सांसदहरूले रोस्ट्रमअगाडि पुगेर नाराबाजी गर्दै बैठकमा अवरोध सिर्जना गरेका हुन्। 

एमाले सांसदहरूले केही समययता प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध सिर्जना गर्दै आएका छन्। एमालेले भदौ २३ देखि संसद बैठकमा अवरोध गर्न सुरु  गरेको हो। 

एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माणमा सभामुख अग्नि सापकोटाले भूमिका खेलेको आरोप एमालेले लगाउँदै आएको छ।

सो पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको छ। 

यसअघि शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरूले अवरोध गरेका थिए। सभामुख सापकोटाले एमालेको अवरोधबीच कार्यसूचीबमोजिम आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस गरेर आज दिनको १ बजेका लागि बैठक डाकेका थिए।

प्रकाशित मिति: १३:५२ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्