Kathmandu Press

प्रतिनिधिसभाको बैठक सुरू, एमसिसी टेबुल हुने

काठमाडौं, फागुन ८ : प्रतिनिधिसभाको आज (आइतबार) को बैठक सुरू भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरू गरेका हुन्। अपराह्न १ बजेलाई डाकिएको बैठक...
प्रतिनिधिसभाको बैठक सुरू, एमसिसी टेबुल हुने

काठमाडौं, फागुन ८ : प्रतिनिधिसभाको आज (आइतबार) को बैठक सुरू भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरू गरेका हुन्। अपराह्न १ बजेलाई डाकिएको बैठक केही समय ढिला गरी सुरु भएको हो।  

कार्यव्यवस्था परामर्श समितिको बैठक केही लम्बिएकाले र माओवादी केन्द्रका केही सांसदले एमसिसी टेबुल गर्न नहुने भन्दै असहमतिपत्र पेस गरेकाले प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा केही पर धकिलिएको हो। 

आजको बैठकमा लोक सेवा आयोग विधेयक २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ। त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गर्ने कर्यसूची पनि रहेको छ।

त्यसैगरी संसद बैठकअघि आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सत्ता गठबन्धनको निर्णयबमोजिम एमसिसी टेबुल गर्ने निर्णय भएपछि त्यसलाई पनि कार्यसूचीमा समेटिएको छ। जसअनुसार अर्थमन्त्री जनार्दन शर्माले बैठकमा एमसिसी टेबुल गर्नेछन्।

प्रकाशित मिति: १३:४९ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्