Kathmandu Press

एमसिसीका लागि गठबन्धन बनेको होइन, तत्काल छोड्ने निर्णय गर्दैनौं : जनमोर्चा 

एमसिसीबारे गठबन्धन दलमा नभई सत्ता साझेदार दलहरुबीच सहमति भएको उनले बताइन्। जनमोर्चा सुरुदेखि नै एमसिसीको विरुद्धमा रहेको र अहिले पनि एमसिसीको विरोध जारी रहने बताइन्।
एमसिसीका लागि गठबन्धन बनेको होइन, तत्काल छोड्ने निर्णय गर्दैनौं : जनमोर्चा 
जनमाेर्चाकी उपाध्यक्ष दुर्गा पाैडेल । फाइल तस्बिर

काठमाडौं, फागुन  ८ : राष्ट्रिय जनमोर्चाले एमसिसी परियोजना पास अथवा फेल गराउन पाँच दलीय गठबन्धन नबनेको बताएको छ। सत्ता गठबन्धनले एमसिसी टेबुल गराउने निर्णय गरेपछि काठमाडौं प्रेससँग छोटो प्रतिक्रियाँ दिँदै जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले गठबन्धन र एमसिसीबीच कुनैपनि सम्बन्ध नभएको बताएकी छन्। 

एमसिसीबारे गठबन्धन दलमा नभई सत्ता साझेदार दलहरुबीच सहमति भएको उनले बताइन्। जनमोर्चा सुरुदेखि नै एमसिसीको विरुद्धमा रहेको र अहिले पनि एमसिसीको विरोध जारी रहने बताइन्।

उनले एमसिसीका बारेमा छलफल गर्न बसेको बैठमा जनमोर्चालाई नबोलाइएको बताइन्। ‘हामीलाई बैठकमा पनि बोलाइएन, निर्णय के भयो भन्ने विषयमा उहाँहरुलाई पनि सोध्नुहोला,’उनले भनिन्। 

उनले एमसिसीलाई लिएर तत्काल गठबन्धनबाट छुट्टिने निर्णय नहुने बताइन् । ‘एमसिसीबारे हामीले स्वतन्त्र रुपले पार्टीको धारणा राखिरहेका छौं, गठबन्धनका अन्य दलहरुले हाम्रो धारणालाई सम्मानपूर्वक लिएकै छ,’ उनले भनिन्। 

संसदमा छलफल गर्नका लागि एमसिसी टेबुल भए स्पष्ट ढंगले पार्टीको धारणा राख्नेपनि उनले बताइन्। 
 
प्रकाशित मिति: १२:४९ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्