Kathmandu Press

गठबन्धन बैठकमा प्रचण्डले भने– अन्य विधेयक छाडेर एमसिसी मात्रै टेबुल गर्नु उपयुक्त हुँदैन 

गठबन्धन बैठकमा प्रचण्डले भने– अन्य विधेयक छाडेर एमसिसी मात्रै टेबुल गर्नु उपयुक्त हुँदैन 

काठमाडौं, फागुन ८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा विचाराधिन अन्य विधेयकहरुलाई छाडेर एमसिसीमात्रै टेबुल गर्नु उपयुक्त नहुने बताएका छन्। 

आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रचण्डले यस्तो धारणा राखेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्। 

प्रचण्डले कुनैपनि विधेयक सरकारको तर्फबाट टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वभाविक प्रकृया भएपनि हाल सामो समयदेखि सदन अवरुद्द भएको र कुनैपनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसिसीमात्रै टेबुल गर भन्नु उपयुक्त नहुने बताएका हुन्। 

उनले प्रधानमन्त्रीलाई एमसिसी टेबुल गरिछाड्ने हो भने उक्त प्रस्तावलाई छलफलका लागि समितिमा पठाउन आग्रह गरेका थिए । तर प्रधानमन्त्री देउवाले एमसिसी टेबुल गरेपछि बाँकी प्रकृयामा लैजाने अडान कायम राखेको मल्लले बताएका छन्। 

बैठकमा प्रचण्डको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेपछि एमसिसी सदनमा टेबुल गर्ने र आ–आफ्नो विचार सदनमा छलफल गर्ने समझदारी भएको होे। 
 

प्रकाशित मिति: १२:३१ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्