Kathmandu Press

अब सडकमा होइन एमसिसीबारे संसदमा गम्भीर बहस हुन्छ : प्रवक्ता कार्की

गठबन्धन दलको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा आज एमसिसी टेबुल हुने बताएका छन्।
अब सडकमा होइन एमसिसीबारे संसदमा गम्भीर बहस हुन्छ : प्रवक्ता कार्की

काठमाडौं, फागुन ८ : सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज बस्ने प्रतिनिधि सभा बैठकमा अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) संसदमा टेबुल हुने बताएका छन् । 

सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कार्कीले एमसिसी संसदमा टेबुल गर्ने सम्बन्धमा गठबन्धन दलका शीर्ष नेताहरुबीच सहमति भएको र आजको बैठकमा टेबुल हुने जानकारी दिएका हुन्। 

‘एमसिसी सार्वभौम संसदमा टेबुल हुन्छ, अब सडकमा होइन संसदमा यसबारे गम्भीर छलफल र बहस हुन्छ,’ उनले भने। 

एमसिसी टेबुल हुँदा एमाले पनि आफ्नो दायित्वबाट पछि हट्न नमिल्ने मन्त्री कार्कीको धारणा छ। एमाले अध्यक्ष अ‍ोली नेतृत्वको सरकारले एमसिसी संसदमा दर्ता गराएको र वर्तमान सरकारले उत्तराधिकारीका रुपमा संसदमा टेबुल गराएका कारण एमालेले यसबारेमा आफ्नो धारणा संसदमा राख्ने उनको भनाई छ। 

उनले अब सडकमा नभई एमसिसीबारे प्रतिनिधि सभामा हुने विचार विमर्शमा ध्यान दिन आग्रह समेत गरेका छन्। 
 

प्रकाशित मिति: १२:०१ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्