Kathmandu Press

एमसिसी संसदमा टेबुल गर्ने गठबन्धनको निर्णय 

अमेरिकी विकास परियोजना मिलेनियम च्लालेञ्ज कर्पोरेशन (एमसिसी) संसदमा पेस गर्ने सहमति भएको छ। 
एमसिसी संसदमा टेबुल गर्ने गठबन्धनको निर्णय 

काठमाडौं, फागुन ८ : अमेरिकी विकास परियोजना मिलेनियम च्लालेञ्ज कर्पोरेशन (एमसिसी) संसदमा पेस गर्ने सहमति भएको छ। 

बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरु एमसिसी संसदमा टेबुल गर्न सहमत भएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले काठमाडौंं प्रेसलाई जानकारी दिएका छन्।

यसअघि पटकपटकको बैठकमा माओवादी केन्द्र एमसिसी तत्काल टेबुल गर्न नहुने पक्षमा रहेपनि एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दबावका कारण प्रचण्ड पनि एमसिसी टेबुल गर्न सहमत भएका हुन्। 

एकिकृत समाजवादीले एमसिसी संसदमा टेबुल गर्न दिने निर्णय गरेको थियो। संसदमा टेबुल गरिएपनि विपक्षमा मतदान गर्ने एकिकृत समाजवादीले निर्णय गरेको थियो। 

एमसिसी संसदमा टेबुल भएपछि त्यस विषयमा दलहरुले आ–आफ्नो धारणा राख्नेछन् । निर्णयार्थ पेश भएको अवस्थामा दुई तिहाइले समर्थन गरेमा संसदबाट एमसिसी पास हुनेछ। 

अमेरिकी सरकारले एमसिसीबारे निर्णय गर्नका लागि नेपाललाई फागुन १६ गतेसम्मको समयसिमा तोकिसकेको छ। 

 

प्रकाशित मिति: ११:१६ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्